Online Nepal
  • आइतबार, ३० भाद्र २०८१
  • त्रिशूलीमा हराएको चुम्बक र ट्युब भेटियो, बस र ३८ यात्रुको अवस्था अझै अज्ञात

    त्रिशूलीमा हराएको चुम्बक र ट्युब भेटियो, बस र ३८ यात्रुको अवस्था अझै अज्ञात

    अनलाइन नेपाल
  • सोमबार, १४ साउन २०८१
  • 933
    SHARES

    काठमाडौं । त्रिशूलीमा बेपत्ता दुईवटा बस खोज्ने क्रममा हराएको चुम्बक र ट्युब फेला परेको छ ।

    नारायणगढ मुग्लिन सडकको सिमलतामा गएको असार २८ गते पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस खोजी गर्नका लागि भारतबाट ल्याइएको १९ किलोको चुम्बक दुई दिनअघि त्रिशूलीमा हराएको थियो ।



    सो चुम्बक सोमबार चितवनको काभ्रेघाटमा फेला परेको हो । नदीभित्र हालेर बस खोज्न प्रयोग भएको १९ किलोको चुम्बक हराएको थियो । बस खोज्न भारतबाट दुइटा चुम्बक ल्याइएको थियो ।



    १९ किलो र १४ किलोको दुइटा चुम्बक पानीमा खसालेर बेपत्ता बसको खोजी सुरू गरिएको थियो। त्यस क्रममा चुम्बकसँगै लाइफ ब्वाई ट्युब समेत पानीले बगाएको थियो । हराएको चुम्बक र ट्युब सोमबार भेटिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

    गएको असार २८ गते वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता छन् । बेपत्तामध्ये २४ यात्रुको विभिन्न क्षेत्रबाट शव निकालिएको छ भने अझै दुई बससँगै ३८ यात्रुको अवस्था अज्ञात छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार