Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या

    भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या

    अनलाइन नेपाल
  • सोमबार, १४ साउन २०८१
  • 318
    SHARES

    फाइल तस्विर

    सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ ।

    गत कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको संकट भएको हो ।



    रिम्नावासी भावना रानाले भनिन्, “अहिले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी ल्याउनुपरेको छ ।”



    भेरी–१ रिम्नास्थित दिलमाया रानाले धारामा पानी आउन छाडेको करिब नौ महिना बितेको बताइन् । उनले भनिन्, “हाम्रो दुःख बुझ्ने कोही भएनन् ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार