Online Nepal
  • आइतबार, ३० भाद्र २०८१
  • त्रिशूलीमा बेपत्ता बस खोज्ने १७ दिनको प्रयास पनि असफल, फर्कियो भारतीय उद्धार टोली

    त्रिशूलीमा बेपत्ता बस खोज्ने १७ दिनको प्रयास पनि असफल, फर्कियो भारतीय उद्धार टोली

    अनलाइन नेपाल
  • सोमबार, १४ साउन २०८१
  • 408
    SHARES

    चितवन । त्रिशूली नदीमा यात्रुसहित हराइरहेका दुई वटा बस फेला पर्ने सम्भावना क्षीण बन्दै गएको छ । नेपाली र भारतीय गोताखोर तथा प्राविधिकहरू समेतले खोज्दा पनि नभेटिएपछि बस फेला पर्ने सम्भावना क्षीण बन्दै गएको हो ।

    बसको खोजी गर्न आएको भारतीय टोलीको आइतबार बिदाइ भएको छ । उनीहरूले ल्याएका आधुनिक उपकरणबाट पनि खोजी सफल हुन सकेको थिएन ।



    गत असार २८ गते भरतपुर महानगरपालिका–२९, सिमलतालमा आएको पहिरोमा ६५ जना यात्रुसहित दुई वटा बस त्रिशूली नदीमा बेपत्ता भएका थिए । ६५ यात्रुमध्ये तीन जना पौडिएर बाँच्न सफल भएका थिए ।



    हालसम्म घटनामा परेका २४ जनाको शव भेटिएको र १८ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

    अन्य ३८ यात्रुको अवस्था भने बससँगै अज्ञात छ । काठमाडौँबाट गौर जान नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेशको ०३–००६ ख १५१६ नम्बरको एन्जल्स डिलक्स बस हराएका थिए । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार