Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

त्रिशूलीमा हराइरहेको बस नभेटिएपछि आज फर्किदै भारतीय उद्धार टोली, बिदाइ गर्ने तयारी

काठमाडौं । त्रिशूली नदीमा हराइरहेको बस खोज्न भारतबाट आएको १२ सदस्यीय उद्धार टोली (एनडिआरएफ) आज स्वदेश फर्किदै छ ।

शनिबारसम्म पनि बसबारे केही पत्ता नलागेपछि सो उद्धार टोली आज भारत फर्किन लागेको हो । सो उद्धार टोलीलाई आज बिदाइको तयारी गरिएको छ ।

नेपालको विपद व्यवस्थापन, खोज तथा उद्धार कार्यमा गरेको योगदानका लागि धन्यवादसहित भारतीय टोलीलाई बिदाइ गरिन लागिएको बताइएको छ ।

असार २८ गते बिहान साढे ३ बजेतिर त्रिशूली नदीमा दुईवटा बसहरु खसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोलीले सोही दिनदेखि उद्धारको काम सुरु गरेको थियो । तर बसबारे केही पत्ता नलागेको हो ।

बसमा ६५ जना यात्रु रहेको अनुमान गरिएकोमा अहिलेसम्म १९ जनाको शव भेटिएको छ । अन्यको अवस्था अझै अज्ञात रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077