Online Nepal
  • बुधबार, २ असोज २०८१
  • त्रिशूलीमा हराइरहेको बस नभेटिएपछि आज फर्किदै भारतीय उद्धार टोली, बिदाइ गर्ने तयारी

    त्रिशूलीमा हराइरहेको बस नभेटिएपछि आज फर्किदै भारतीय उद्धार टोली, बिदाइ गर्ने तयारी

    अनलाइन नेपाल
  • आइतबार, १३ साउन २०८१
  • 699
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिशूली नदीमा हराइरहेको बस खोज्न भारतबाट आएको १२ सदस्यीय उद्धार टोली (एनडिआरएफ) आज स्वदेश फर्किदै छ ।

    शनिबारसम्म पनि बसबारे केही पत्ता नलागेपछि सो उद्धार टोली आज भारत फर्किन लागेको हो । सो उद्धार टोलीलाई आज बिदाइको तयारी गरिएको छ ।



    नेपालको विपद व्यवस्थापन, खोज तथा उद्धार कार्यमा गरेको योगदानका लागि धन्यवादसहित भारतीय टोलीलाई बिदाइ गरिन लागिएको बताइएको छ ।



    असार २८ गते बिहान साढे ३ बजेतिर त्रिशूली नदीमा दुईवटा बसहरु खसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोलीले सोही दिनदेखि उद्धारको काम सुरु गरेको थियो । तर बसबारे केही पत्ता नलागेको हो ।

    बसमा ६५ जना यात्रु रहेको अनुमान गरिएकोमा अहिलेसम्म १९ जनाको शव भेटिएको छ । अन्यको अवस्था अझै अज्ञात रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार