Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सिमलताल बस दुर्घटना : त्रिशूलीमा २० केजीको चुम्बक हरायो, बस भेटिएनन्

काठमाडौँ । त्रिशूलीमा बेपत्ता दुई वटा डिलक्स गाडी खोज्न प्रयोग गरिएको २० केजीको चुम्बक हराएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार बस खोज्ने क्रममा चुम्बक त्रिशूलीमा हराएको हो ।

भारतीय प्राविधिकहरूले बस खोज्न २० र ४० केजीको चुम्बक प्रयोग गरेका थिए । सो मध्ये २० केजीको चुम्बक हराएको हो ।

असार २८ मा काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स हालसम्म बेपत्ता छन् ।

दुवै बस त्रिशूलीमा खसेका थिए । बसमा सवार २५ जनाको शव भेटिएको छ । भारतबाट आएका टोली ६ दिनसम्म सोनारले खोजी गर्दा केही फेला नपरेपछि चुम्बकको प्रयोग गरेर खोजी गर्दा पनि बस फेला पर्न नसकेको बताइएको छ ।

उक्त बसका अझ ३८ जना यात्रु हराई रहेका छन् । ७ दिन लाई आएका भारतीय टोलीको पनि शनिबारबाट समय सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077