Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • झापामा विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो

    झापामा विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो

    अनलाइन नेपाल
  • शनिबार, १२ साउन २०८१
  • 273
    SHARES

    झापा । नेपाल विद्युत् प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिकमा महसुल नबुझाउने एक हजार एक सय ७० ग्राहकको लाइन काटेको छ ।

    केन्द्रले वर्षभरिमा लाइन काटिएकामध्ये एक हजार एक सय ३६ ग्राहकले बक्यौता महसुल र जरिवाना तिरेपछि पुनःविद्युत् जडान गरिएको हो ।



    वितरण केन्द्रका अनुसार योसँगै ३४ जना ग्राहकले मात्र बक्यौता तिर्न बाँकी छ । विद्युत् काटिएका ग्राहकले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता महसुल र जरिवाना रु छ करोड ७० लाख २८ हजार चार सय १२ थियो ।



    एक हजार एक सय ३६ ग्राहकबाट रु तीन करोड ९० लाख ९७ हजार पाँच सय ६७ असुली भएको छ।

    वितरण केन्द्रका अनुसार बक्यौता बुझाउन बाँकी ३४ ग्र्राहकसँग प्राधिकरणले रु दुई करोड ७९ लाख ३० हजार आठ सय ४५ असुली गर्न बाँकी छ ।

    अनारमनी वितरण केन्द्रका दुई सय ३७ ग्राहकलाई कालोसूचीमा राखिएको प्राधिकरणले जनाएको छ । कालोसूचीमा रहेकाबाट रु एक करोड ३२ लाख ३१ हजार ६३ बक्यौता असुली गर्न बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार