Online Nepal
  • बुधबार, २ असोज २०८१
  • त्रिशूलीमा खसेको बस खोज्न भारतबाट ल्याइयो ४० किलोको चुम्बक

    त्रिशूलीमा खसेको बस खोज्न भारतबाट ल्याइयो ४० किलोको चुम्बक

    अनलाइन नेपाल
  • शनिबार, १२ साउन २०८१
  • 399
    SHARES

    चितवन । नारायणघाट–मुग्लिन सडकको सिमलतालस्थित त्रिशूली नदीमा हराइरहेको बस खोज्ने भारतबाट ४० किलोको चुम्बक ल्याइएको छ ।

    नारायणघाट–मुग्लिन सडकको सिमलतालममा खसेको बस खोज्न भारतबाट ४० किलोको चुम्बक ल्याईएको हो ।



    संभावित स्थानमा बस रहे नरहेको पत्ता लगाउन भारतीय टोलीले ‘म्याग्नेटिक डिभाइस’ मगाएको छ।



    आज १० बजेपछि त्यो चुम्बक लगेर नदीका संभावित स्थान खसालिनेछ। चुम्बकमार्फत फलाम रहेको थाहा भएमा गोताखोरलाई पानीभित्र पठाइनेछ।

    सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले नारायणघाट–मुग्लिन सडकको सिमलतालमबाट बस खसेकै दिनदेखि उपलब्ध स्रोत साधनको प्रयोग गरेर बस तथा यात्रुहरुको खोजी सुरु गरेका थिए।

    पछि सरकारले हराएका बस र यात्रु खोज्न भनेर भारतसँग सहयोग मागेको थियो। भारतबाट साउन ५ गते चितवन आइपुगेको उद्धार टोली ‘एनडिआरएफ’ले नेपालको सशस्त्र प्रहरी बलसँग मिलेर भोलिपल्टदेखि नदीमा खोजी सुरु गरेको थियो।

    भारतीय टोलीले ३ वटा सोनार क्यामेरा ल्याएका थिए। त्यसअघि सशस्त्र प्रहरी र नेपाली सेनाले पनि सोनार क्यामेराकै प्रयोग गरेर खोजी गरिरहेका थिए।

    असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार