Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • रहेनन् दुर्घटनामा परी घाइते भएका प्रहरी जवान

    रहेनन् दुर्घटनामा परी घाइते भएका प्रहरी जवान

    अनलाइन नेपाल
  • शुक्रबार, ११ साउन २०८१
  • 22.9K
    SHARES

    विराटनगर । गाडी दुर्घटनामा परी घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालि–१७ घर भएका सौगात थापा रहेका छन् ।

    गत साउन २ गते मुस्लिम समुदायको मुहरम पर्वमा दंगा फैलने आशङ्काले विराटनगरको रानी क्षेत्रमा सुरक्षाबल थप गर्न प्रदेश प्रहरी कार्यालयको टोली जाँदै गर्दा भट्टी मोडमा प्रहरी चढेको गाडी नै दुर्घटनामा परेको थियो ।



    सोही क्रममा उनीसहित साढे दुई दर्जनबढी प्रहरी घाइते भएका थिए । थापाको काठमाडौँस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको थियो ।



    उपचारकै क्रममा थापाको बिहीबार मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार