Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज काठमाडौंका यी स्थानमा ६ घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौं । काठमाडौंको मातातीर्थ क्षेत्रमा आज ६ घन्टा विद्युत अवरूद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार हाइटेन्सन पोल मर्मत गर्नका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुन लागेको हो ।

बलम्बु सहायक वितरण केन्द्रको मातातीर्थ फिडर अन्तर्गतका क्षेत्रहरूमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

सोअनुसार महादेवस्थान, इटाखेल, घुमाउने, गोदाम, मंगलदोय, नागढुंगा, चिसापानी, बसुन्डोल, इन्द्रथान, झांगाझिटी, कुखुरेचौर, महेशपथ लगायतका क्षेत्रहरूमा बिजुली काटिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077