Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • चितवनमा ट्रक र भारतीय कन्टेनर ठोक्किए, दुवै गाडीका चालकको मृत्यु

    चितवनमा ट्रक र भारतीय कन्टेनर ठोक्किए, दुवै गाडीका चालकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ११ साउन २०८१
  • 561
    SHARES

    फाइल तस्विर

    चितवन । चितवनको भरतपुर महानगरपालिका–१ भतेरी जंगलमा ट्रक र भारतीय कन्टेनर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भारतीय कन्टेनरका चालक भारतको उत्तर प्रदेश बस्ने २४ वर्षीय हेहताव आलम र ट्रकका चालक पर्साको वीरगञ्ज–२४ वस्ने अन्दाजी ४० वर्षका प्रमोद पटेल रहेका छन् ।



    उनीहरु दुवैको उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए ।



    नारायणघाट–मुग्लिन सडकको भतेरीमा बिहान सवा ६ बजेतिर मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको भारतीय कन्टेनर र विपरीत दिशाबाट आउँदै गरेको डीडी ०१ एल ९१६१ नम्बरको भारतीय ट्रक ठोक्किएका थिए ।

    यस्तै कन्टेनरका सहचालक भारतको गोरखपुर बस्ने २२ वर्षीय सावन अहमदको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार