कैलाली । कैलालीको धनगढीमा पनि दुईजना बिरामीमा हैजा पुष्टि भएको छ ।
धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको हो ।
अझै एक बालिकामा पनि हैजाको शंका रहेको तर पुष्टि हुन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
उनीहरु दुवै जनाको सेती प्रादेशीक अस्पतालमा उपचार भइरहेको छ ।
स्वास्थ्य कार्यालयले सर्वसाधरणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । यसअघि काठमाडौं उपत्यकामा हैजा पुष्टि भएको थियो ।
Leave a Reply