Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • महानिर्देशक अधिकारीलाई सांसद उदयको प्रश्न – जहाज दुर्घटनाको जिम्मेवारी तपाईले लिनुपर्दैन ?

    महानिर्देशक अधिकारीलाई सांसद उदयको प्रश्न – जहाज दुर्घटनाको जिम्मेवारी तपाईले लिनुपर्दैन ?

    अनलाइन नेपाल
  • बिहिबार, १० साउन २०८१
  • 558
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद उदय शमशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

    संसदको पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद जबराले यस्तो बताएका हुन् ।



    अधिकारीले प्राधिकरणको नेतृत्व सम्हाले यता मात्र ७ वटा हवाई दुर्घटनामा परिसकेको तथ्य पेस गर्दै उनले अधिकारीलाई जिम्मेवारी लिन आग्रह गरे ।



    सांसद जबराले भने, ‘नेपाली आकाशमा आन्तरिक मात्र होइन विदेशी जहाजहरू पनि दुर्घटनामा परेका छन् । सन् १९९६ यता साना ठुला ६० वटा जहाज दुर्घटनामा परिसकेका छन् । यसमा विदेशी जहाज समेत ८ वटा परे । आन्तरिक त सबै जसो एयरलाइन्स कम्पनीहरूका जहाज दुर्घटनामा परेका छन्। प्राधिकरणमा तपाईँकै नेतृत्व यता मात्र ७ वटा जहाज दुर्घटनामा परिसकेका छन् । यसको जिम्मेवारी लिनुपर्दैन ? दोष जति सधैँ अरूलाई नै लगाउने ?’

    अन्य देशमा यस्तो हुन्थ्यो भने कि त नेतृत्वले आफै राजीनामा दिनुपर्थ्यो कि त सरकारले हटाउँथ्यो ।

    प्राधिकरणको नेतृत्व फेर्ने कुरामा सोच्ने बेला आएको सांसद जबराले संसदीय समिति राखे ।

    सौर्य एयरलाइन्स दुर्घटनाको सन्दर्भमा छानबिन आयोग बनिसकेको अवस्थामा स्वार्थ जोडिने हुँदा प्राधिकरणका महानिर्देशकलाई सरकारले निलम्बन गर्नुपर्ने माग समेत जबराले राखे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार