Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सौर्य एयरलाइन्स दुर्घटना प्रकरण

    संसदीय समितिमा महानिर्देशक अधिकारीको जवाफ – घटना घटिसकेको छ, मैले बोल्न उचित हुँदैन

    संसदीय समितिमा महानिर्देशक अधिकारीको जवाफ – घटना घटिसकेको छ, मैले बोल्न उचित हुँदैन

    अनलाइन नेपाल
  • बिहिबार, १० साउन २०८१
  • 234
    SHARES

    काठमाडौं । संसदको पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग छलफल गरेको छ ।

    सौर्य एयरलाइन्सको दुर्घटना र बाहिरी व्यक्तिहरूको सहभागिताका विषयमा संसदीय समितिले नियामक नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसँग छलफल गरेको हो ।



    १८ जनाको मृत्यु हुने गरी भएको सौर्य एयरलाइन्सको दुर्घटनामा बच्चासहितका बाहिरी व्यक्तिहरू कसरी परे भन्दै समितिका सभापति राजकिशोर यादवले उनलाई प्रश्न गरेका थिए ।



    तर महानिर्देशक अधिकारीले भने घटनाको सम्बन्धमा छानबिन आयोग बनिसकेको अवस्थामा प्राविधिक पक्षको बारेमा आफूले बोल्न उचित नहुने जवाफ फर्काए।

    घटना घटिसकेको र सरकारले ५ सदस्यीय छानबिन आयोग गठन गरिसकेको अवस्थामा आफुले बोल्न उचित नहुने उनले बताए ।

    आयोगले सत्य तथ्य छानबिन गर्ने भन्दै महानिर्देशक अधिकारीले यस विषयमा आफुले बोल्न उचित नहुने बताए ।

    बुधवार काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको जहाजले नियमित चेकजाँच (सी–चेक) का लागि पुनः फ्लाइटमा गरेको दाबी गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार