Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • विद्युतीय व्यापार विधेयकमा १९ वटा संशोधन प्रस्ताव

    विद्युतीय व्यापार विधेयकमा १९ वटा संशोधन प्रस्ताव

    अनलाइन नेपाल
  • बुधबार, ९ साउन २०८१
  • 303
    SHARES

    काठमाडौं । राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधि सभामा आएको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि १९ वटा संशोधन प्रस्ताव परेका छन्।

    उक्त विधेयक छलफलका लागि अहिले प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पुगेको छ।



    आज समितिले विद्युतीय व्यापार क्षेत्रका जानकार र सरोकार भएकासँग छलफल गरी सुझाव सङ्कलन गरेको हो।



    मुलुकमा विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिदबिक्री बढ्दो क्रममा रहेकाले विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियमन तथा व्यवस्थित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो विधेयक संसद्मा लगेको हो।

    मुलुकमा रोजगारी सिर्जना, वस्तु तथा सेवाको सहज आपूर्ति, निर्यात प्रवर्द्धन लगायत क्षेत्रमा विद्युतीय व्यापार अति आवश्यक भइसकेकाले यसलाई नियमन तथा अनुगमनका लागि तत्काल कानुन बन्न आवश्यक रहेको उद्योग समितिले जनाएको छ।

    समितिको आजको बैठकमा सांसदहरू डोलप्रसाद अर्याल, महेन्द्रबहादुर शाही, राजु थापा, सुरेन्द्र राज आचार्य, गणेश पराजुली, अमृता अग्रहरी, हेमराई राई लगायतले सुझाव प्रस्तुत गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार