Online Nepal
  • बुधबार, १० पुष २०८१
  • बंगलादेशबाट हालसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फिर्ता

    बंगलादेशबाट हालसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फिर्ता

    अनलाइन नेपाल
  • बुधबार, ९ साउन २०८१
  • 660
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । बंगलादेशबाट एक हजार चार सय नेपाली विद्यार्थी स्वदेश फिर्ता भएका छन् ।

    मंगलबारसम्म ४७ जना नेपाली विद्यार्थी त्रिभुवन विमानस्थल हुँदै नेपाल आएसँगै १४ सय विद्यार्थी स्वदेश फिर्ता भएका हुन् ।



    सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबारसम्म करिब १४ सय विद्यार्थी स्वदेश फर्किएको जानकारी दिइन् ।



    ढाकास्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने विद्यार्थीको यात्रा सहज बनाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको समेत उनले बताइन् ।

    बंगलादेशमा केही दिनयता आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरू स्वदेश फर्किने क्रम जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार