Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • ललितपुरका एक जना बालकमा हैजा पुष्टि, अर्काको रिपोर्ट आउन बाँकी

    ललितपुरका एक जना बालकमा हैजा पुष्टि, अर्काको रिपोर्ट आउन बाँकी

    अनलाइन नेपाल
  • मंगलबार, ८ साउन २०८१
  • 588
    SHARES

    काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ललितपुरका एकजना बालकमा हैजा पुष्टि भएको छ ।

    ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका १६ वर्षीय बालकमा हैजा पुष्टि भएको हो ।



    हैजाको लक्षण सहित उपचारका लागि शुक्रराज अस्पतालमा ल्याइएका ती बालकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कल्चर गराउँदा हैजा पुष्टि भएको अस्पतालले जनाएको छ ।



    सोही स्थानबाट हैजाकै लक्षण देखिएका अर्का एक बालकको पनि शुक्रराज अस्पतालमा उपचार भइरहेको छ । उनको हैजा परीक्षण गरिएको छ भने रिपोर्ट आउन बाँकी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार