Online Nepal
  • बुधबार, १० पुष २०८१
  • बंगलादेशको विद्यार्थी आन्दोलन स्थगित, सेवा सुचारु गर्न दुई दिने अल्टिमेटम

    बंगलादेशको विद्यार्थी आन्दोलन स्थगित, सेवा सुचारु गर्न दुई दिने अल्टिमेटम

    अनलाइन नेपाल
  • सोमबार, ७ साउन २०८१
  • 840
    SHARES

    काठमाडौं । सरकारी जागिरमा लागू गरिएको आरक्षको विरोधमा उत्रिएका बंगलादेशका विद्यार्थीहरुले ४८ घण्टासम्मलाई आन्दोलन फिर्ता लिएका छन् ।

    आइतबार बंगलादेशको सर्वोच्च अदालतले आरक्षण प्रणाली खारेजगरेसँगै उनीहरुले सोमबार यस्तो निर्णय गरेका हुन् ।



    विद्यार्थीरुले कर्फ्यू हटाउनुपर्ने, इन्टरनेट सेवा सुचारु गर्नुपर्नेलगायतका माग राखेर दुई दिने अल्टिमेटमसहित आन्दोलन स्थगत गरेको अन्तर्राट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।



    सोमबार मात्रै बंगलादेशमा विपक्षी दलका ५०० भन्दा धेरै नेता कार्यकर्ताहरु पक्राउ परेका थिए । गत जेठबाट सुरु भएको विद्यार्थी आन्दोलनमा १५० बढीको मृत्यु भएको बताइएको छ ।

    सन् १९७१ मा स्वतन्त्र भएको बंगलादेशमा ३० प्रतिशत आरक्षण स्वतन्त्रता सेनानीका सन्तानलाई, १० प्रतिशत महिलालाई, १० प्रतिशत जिल्लालाई, पाँच प्रतिशत अल्पसंख्यकलाई र १ प्रतिशत अपांगता भएकालाई गरेर कुल १०० प्रतिशत जागिरमा ५६ प्रतिशत आरक्षणको व्यवस्था थियो । खुला जागिर ४४ प्रतिशत मात्रै थियो ।

    आइतबार अदालतले खुला जागिरको मात्रा ४४ बाट बढाएर ९३ प्रतिशत बनाएको छ । सात प्रतिशत आरक्षणमा ५ प्रतिशत स्वतन्त्रता सेनानीका सन्तानलाई र २ प्रतिशत अन्य कोटालाई राखिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार