Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजार २ अंकले बढ्दा १३ अर्बमाथिको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेप्से सूचक २.१५ अङ्कले बढ्दै २४८८.०९ विन्दुमा उक्लिएको छ ।

सोमबार दिनभरीको तीव्र उतारचढावकाबीच २४८८ अंकमा रोकीएको हो । तर, कारोबार भने १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ बराबरको भएको छ ।

आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको ३६ करोड ९३ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ।

शिवम् सिमेन्टको ३४ करोड ७८ लाख ९७ हजार रुपैयाँ बराबरको र कुमारी बैंकको २८ करोड १८ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

११५ कम्पनीको सेयर मूल्य बढ्दा आज १२१ कम्पनीको घटेको छ । बाँकी ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077