काठमाडौं । नेपाली कांग्रेसले बीपी कोइरालाको ४२ औँ स्मृति दिवसका अवसरमा पार्टीको केन्द्रीय कार्यालय पुस्तकालय सुभारम्भ गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले आज बिहान पुस्तकालयको शुभारम्भ गरेका हुन् ।
कांग्रेसले ऐतिहासिक दस्ताबेज र पुस्तकहरू पुस्तकालयमा राखेको छ।
कांग्रेसले करिब ७० लाख रुपैयाँमा पुस्तकालय तयार पारेको हो। पुस्तकालय केन्द्रीय कार्यालय भवनभित्रै छ।