Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सिमलताल बस दुर्घटना : वेपत्ताहरुको खोजीमा खटियो भारतीय टोली

    सिमलताल बस दुर्घटना : वेपत्ताहरुको खोजीमा खटियो भारतीय टोली

    अनलाइन नेपाल
  • आइतबार, ६ साउन २०८१
  • 279
    SHARES

    चितवन । सिमलतालस्थित त्रिशूली नदीमा खसेर वेपत्ता भएका यात्रुहरुको खोजीका लागि भारतबाट आएको विपद उद्धार टोलीले आजदेखि खोजी सुरु गरेको छ ।

    भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको हो ।



    असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेएको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–२४९५ख ००१ नम्बरको बस सिमलताल पहिरोमा बगेका थिए ।



    बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिएभने ६२ जना बेपत्ता भएका थिए । आजसम्म २५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ ।

    अत्याधुनिक सोनार क्यामरा लगायतका उपकरणसहित आएको १२ सदस्यीय भारतीय टोलीले आज बिहान करिब १० बजेदेखि खोजी सुरु गरेको छ ।

    नेपाल सरकारको आग्रहमा भारतीय नेशनल डिजास्टर रेस्पोन्स फोर्सको टोली शनिबार चितवन आएको थियो ।

    सो टोलीले शनिबार जिल्ला प्रशासन कार्यालय चितवन र कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद व्यवस्थापन शिक्षालयमा घटना विवरणबारे जानकारी लिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार