Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घनश्याम भुसाल भन्छन्- कांग्रेस र एमालेले माओवादीलाई पनि घुस खान सिकाए

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादीलाई एमाले र कांग्रेसले घुस खान सिकाएको बताएका छन् ।

बाबुराम भट्टराईको पुस्तक विमोचन कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो बताएका हुन् । उनले राष्ट्रिय राजनीतिमा धेरैपछि आएको माओवादीलाई घुस खान आफूहरूले सिकाएको बताए।

महासचिव भुसालले भने, ‘सम्भवतः १०–१५ वर्ष राम्रो र बलियो सरकारले शासन गरेमा रोजगारी र गरिबी लगायतका समस्या समाधान हुन सक्छ।’

उनले राम्रो सरकार भन्नाले घुस खाने नेताहरू नभएको पार्टीको शासनलाई बुझ्नुपर्ने व्याख्या समेत गरे । महासचिव भुसालले राजाले परम्पराका आधारमा घुस खान सिकेको हुनसक्ने समेत आकलन गरे ।

यसपछि नेपाली कांग्रेसले संस्थागत रुपमा राजासँग घुस खान सिकेको महासचिव भुसालको भनाई छ । यस्तै नेकपा एमालेले कांग्रेससँगको संगतबाट घुस खान सिकेको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077