Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • केपी ओली सरकार : प्रधानमन्त्री दुई वर्षमा, मन्त्री एक वर्षमा फेरिने

    केपी ओली सरकार : प्रधानमन्त्री दुई वर्षमा, मन्त्री एक वर्षमा फेरिने

    अनलाइन नेपाल
  • शुक्रबार, ४ साउन २०८१
  • 600
    SHARES

    काठमाडौं । राजनीतिक स्थिरताका लागि भन्दै दुई ठूला दल मिलेर बनेको गठबन्धन सरकारको दिनगन्ती सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमै सहभागी मन्त्रीले प्रधानमन्त्री दुई वर्षमा र मन्त्री एक वर्षमा फेरिने खुलासा गरेका छन् ।

    नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) सहितका दलहरूबीच गठबन्धन सरकारमा ‘प्रधानमन्त्री र मन्त्री आलोपालो’ हुने सहमति भएको छ ।



    एमाले, कांग्रेस गठबन्धन सरकारमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समेत सहभागी छन् । जसपाले दुई र लोसपाले एक मन्त्रालय पाएको छ ।



    राजनीतिक स्थिरताका लागि भनेर गरिएको गठबन्धनबाट समेत स्थिरता नहुने देखिन्छ । संसद्को बाँकी कार्यकाल एउटै नेता प्रधानमन्त्री र मन्त्री नहुने भएपछि राजनीतिक स्थितरता कसरी हुन्छ भन्दै प्रश्न उठेको छ । प्रधानमन्त्री र मन्त्री आलोपालो फेरिने भएपछि गठबन्धन हेरफेरको राजनीतिक खेल जारी नै रहनेछ ।

    ओली सरकारमा सहभागी भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले प्रतिनिधिसभाको बाँकी कार्यकालमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने बताएका छन् ।

    गत १७ असारमा एमाले र कांग्रेसका शीर्ष नेताहरूबीच भएको सहमतिनुसार संविधान संशोधन गर्ने, सुशासन, समृद्धिसहितका एजेन्डाका साथै सरकारको नेतृत्वसमेत आलोपालो गर्ने सहमति भएको छ ।

    यद्यपि सो सहमति अझै सार्वजनिक गरिएको छैन । सहमतिनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री भइसकेका छन् । दोस्रो चरणमा चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्नेछन् ।

    ओली र देउवाले २१–२१ महिना सरकारको नेतृत्व गर्दै गर्दा मन्त्री एक वर्षमै फेरिने बताइएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार