Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सिमलताल पहिरो : १९ जनाको शव फेला, १४ शव आफन्तले बुझे

काठमाडौँ । चितवनको सिमलताल पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएकामध्ये आजसम्म १९ यात्रुको शव फेला परेको छ ।

एउटा शव भरतपुरको सालवासमा फेला परेको र एउटा शव नवलपरासीपूर्वको विनय त्रिवेणी गाउँपालिकास्थित नेपाल भारतको सीमाक्षेत्रमा फेला परेको हो ।

चितवन प्रहरीका अनुसार फेला परेका मध्ये १४ शव आफन्तले बुझेर लगेका छन्। आजमात्रै २ शव फेला परेको छ।

तीन शव सरकारी अस्पतालमा राखिएको चितवन प्रहरीले जनाएको छ ।

गत असार २८ गते सिमलताल पहिरोमा बगेका दुई बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए । बस अझै अज्ञात छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077