Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सिमलताल पहिरो : १९ जनाको शव फेला, १४ शव आफन्तले बुझे

    सिमलताल पहिरो : १९ जनाको शव फेला, १४ शव आफन्तले बुझे

    अनलाइन नेपाल
  • बुधबार, २ साउन २०८१
  • 441
    SHARES

    काठमाडौँ । चितवनको सिमलताल पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएकामध्ये आजसम्म १९ यात्रुको शव फेला परेको छ ।

    एउटा शव भरतपुरको सालवासमा फेला परेको र एउटा शव नवलपरासीपूर्वको विनय त्रिवेणी गाउँपालिकास्थित नेपाल भारतको सीमाक्षेत्रमा फेला परेको हो ।



    चितवन प्रहरीका अनुसार फेला परेका मध्ये १४ शव आफन्तले बुझेर लगेका छन्। आजमात्रै २ शव फेला परेको छ।



    तीन शव सरकारी अस्पतालमा राखिएको चितवन प्रहरीले जनाएको छ ।

    गत असार २८ गते सिमलताल पहिरोमा बगेका दुई बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए । बस अझै अज्ञात छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार