Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • चितवनमा एक वर्षमा सवारी दुर्घटनामा ११५ जनाको मृत्यु

    चितवनमा एक वर्षमा सवारी दुर्घटनामा ११५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २ साउन २०८१
  • 372
    SHARES

    फाइल तस्विर

    चितवन । चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ११५ जनाको मृत्यु भएको छ । विसं २०८० साउनदेखि २०८१ असारसम्म उक्त मानवीय क्षति भएको हो । जिल्लाका भित्री सडकमा भन्दा राजमार्गमा भएका दुर्घटनामा परी बढी मानवीय क्षति भएको हो ।

    दुर्घटनामा परी मृत्यु हुनेमा ९२ पुरुष, १९ महिला र चार बालक रहेका छन् । सो अवधिमा ४४५ सवारीसाधन दुर्घटनामा परेका थिए । ती दुर्घटनामा परी ८३२ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश सुवेदीले जानकारी दिए ।



    जिल्लाका भित्री सडकमा एक वर्षमा २५० सवारीसाधन दुर्घटना भएका थिए । भित्री क्षेत्रका सडकमा भएका दुर्घटनामा परी ५० जनाको मृत्यु भएको छ भने ३८२ जना घाइते भएका छन् ।



    पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा दुर्घटनामा परी ५७ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा भएका ९६ दुर्घटनामा २६ जनाको मृत्यु भएको थियो भने २०४ जना घाइते भएका थिए । यस्तै, नारायणगढ–मुग्लिन सडकखण्डमा भएका ५५ दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो । ती घटनामा १५१ जना घाइते भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

    पृथ्वी राजमार्गअन्तर्गत चितवनमा पर्ने सडकखण्डमा भएका १८ सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् । जिल्लाको सहरी सडकखण्डमा सो अवधिमा २६ वटा दुर्घटना भएका थिए ।

    ती दुर्घटनामा आठ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए । जिल्लामा आव २०७९/८० मा ३०३ सवारीसाधन दुर्घटना भएका थिए । ती दुर्घटनामा ७८ जनाको मृत्यु भएको थियो भने ५८१ जना घाइते भएका थिए ।

    “सवारी दुर्घटना कम गर्न जति काम गरे पनि प्रभावकारी देखिएको छैन,” प्रमुख सुवेदीले भने । जिल्लामा गत आवमा ६६३ सवारीसाधन दुर्घटनामा परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार