Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सिमलताल बस दुर्घटनामा बेपत्ता भएका १५ जनाको शव भेटियो, ८ जनाको सनाखत

    सिमलताल बस दुर्घटनामा बेपत्ता भएका १५ जनाको शव भेटियो, ८ जनाको सनाखत

    अनलाइन नेपाल
  • मंगलबार, १ साउन २०८१
  • 411
    SHARES

    फाइल तस्विर

    चितवन । चितवनको नारायणगढ मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ ।

    सशस्त्र प्रहरी बलका अनुसार आजसम्म मृतकमध्ये आठ जनाको सनाखत भएको हो। दुर्घटनामा परी तीन भारतीय नागरिकको पनि मृत्यु भएको छ ।



    भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारीको सनाखत भएको छ ।



    यसैगरी चिवनको माडी-१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा-३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगरपालिका-२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर९६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटका १७ वर्षीय फिरोज राहुप मियाँको सनाखत भएको छ ।

    सशस्त्र प्रहरी बलका अनुसार उनीहरुको शव आफन्तले बुझिलगेका छन् । ६ पुरुष एक महिला गरी सात जनाको शव अझै सनाखत हुन सकेको छैन ।

    उनीहरुको शव चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा र त्रिवेणी ब्यारेज क्षेत्रमा फेला परेका हुन् ।

    गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमति प्रदेश ०३-००६ ख १५१६ नं र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

    वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसमा टिकट काटेका २७ र अन्य ११ गरी ३८ तथा काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बसमा टिकट काटेका २३ र अन्य चार गरी जम्मा २७ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

    टिकट नकाटी बसमा यात्रा गरेका यात्रीका आफन्तजनले दुर्घटनापछि प्रहरीमा आफन्तको विवरण उपलब्ध गराएका थिए । दुई बसमा ६५ यात्रु सवार रहेको खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार