Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सिमलताल दुर्घटनामा परेका ६५ यात्रुको विवरण खुल्यो (नामसहित)

    सिमलताल दुर्घटनामा परेका ६५ यात्रुको विवरण खुल्यो (नामसहित)

    अनलाइन नेपाल
  • सोमबार, ३१ असार २०८१
  • 744
    SHARES

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलताल बस दुर्घटनामा परेका सबै यात्रुको विवरण खुलेको छ ।

    जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार साँझ एक विज्ञप्तिमार्फत दुवै बसमा सवार ६५ जनाको विवरण सार्वजनिक गरेको हो ।



    प्रशासनले यात्रुहरूको विवरण पनि सार्वजनिक गरेको छ । वीरगन्जजबाट काठमाडौंका लागि छुटेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा ३८ जना सवार थिए ।



    काठमाडौंबाट गौरका लागि छुटेको वाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा २७ जना सवार थिए । जसमध्ये गणपति बसमा सवार तीन जना बच्न सफल भएका थिए ।

    प्रशासनका अनुसार सोमबारसम्म १४ यात्रु मृत अवस्थामा भेटिएका छन् । पहिरोले बगाउँदा त्रिशूलीमा हराइरहेका दुवै बस अझै फेला पर्न सकेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार