Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सिमलताल पहिरोमा खसेर बेपत्ता भएकाहरूका आफन्तलाई नि:शुल्क खाना र बास

चितवन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले सिमलताल पहिरोले बगाएर त्रिशुलीमा बेपत्ता भएका व्यक्तिहरूको आफन्तलाई नि:शुल्क खाना र बासको व्यवस्था गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार विज्ञप्ति जारी गर्दै बेपत्ता परिवार खोज्न चितवन पुगेका आफन्तहरूलाई नि:शुल्क खाना र बासको व्यवस्था गरेको हो।

स्थानीय होटल व्यवसायीसँग समन्वय गरी खाना र बासको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ।

गत शुक्रबार बिहान साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो जाँदा दुई वटा बस बगाएको थियो।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौर जाँद गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स नामको बस पहिरोले त्रिशुलीमा बगाएको थियो।

घटना भएको तीन दिन बित्दा समेत दुई वटै बस फेला पर्न सकेको छैन। सोमबार बिहानसम्म ११ जनाको शव फेला परेको छ।

जसमध्ये पाँच जनाको सनाखत भएको छ। मृतकहरू चितवनका विकास परियार, सर्लाहीका रमितकुमार माझी, भारतका ऋषिपाल शाह, जयप्रकाश ठाकुर र सजाद अन्सारी छन्।

पहिरो खस्दा तीन जनाले हामफालेर आफ्नो ज्यान जोगाएका थिए। तीन जना मध्‍ये दुई जनाको प्राथमिक उपचारपछि डिस्चार्ज भइसकेका छन्।

बस र बेपत्ता व्यक्तिको खोजी गर्न आधुनिक उपकरणको प्रयोग गरिरहेको प्राधिकरणले जनाएको छ। घटनास्थलदेखि ४० किलोमिटर तल गण्डक बाँधसम्म खोजी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077