Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाइ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका हुन्।

उनले दुई देशबीचको मित्रतालाई थप बलियो बनाउन नजिकबाट काम गर्न आफू तयार रहेको बताएका छन्।

दुई मुलुकका जनताको प्रगति र समृद्धिका लागि दुवै पक्षलाई लाभ हुनेगरी काम गर्नुपर्नेमा उनको जोड छ।

प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुनेमा विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077