Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

४ मन्त्रालय शेखर समूहलाई दिन देउवा तयार, यी हुन् कांग्रेका ९ मन्त्री [सूचीसहित]

काठमडौं । नेपाली कांग्रेसले मन्त्रीको नाम नाम टुंग्याएको छ । संस्थापन इतर समूहलाई ४ वटा मन्त्रालय दिने सहमति भएपछि कांग्रेसले आफ्नो भागमा परेका मन्त्रालयका लागि प्रस्तावित मन्त्रीको नाम नाम टुंग्याएको हो ।

आइतबार साँझ सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य शेखर कोइरालाबीच मन्त्रीको नाम टुंगो लगाउन छलफल भएको थियो ।

९ जनाको नाम टुंगो लाग्दा शेखर कोइराला र गगन थापा नेतृत्वको समूहलाई ४ जनाको कोटा दिइएको छ। कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्नेछन् । उनले ऊर्जा वा रक्षा मन्त्रालयको विभागीय जिम्मेवारी पनि पाउने स्रोतले बतायो ।

संस्थापन समूहबाट गृह मन्त्रालयमा रमेश लेखक, परराष्ट्रमा आरजु देउवा, वन वा कानुन मन्त्रालयमा अजय चौरसिया र सहरी विकासमा किशोरसिंह राठौरको नाम तय भएको छ ।

यस्तै शेखर समूहबाट मन्त्री बन्ने चार जनामा स्वास्थ्यमा प्रदीप पौडेल, पर्यटनमा रामनाथ अधिकारी, कानुन वा कुनै एकमा हृदयराम थानी र ऊर्जा वा अर्को कुनै मन्त्रालयमा तेजुलाल चौधरीको नाम टुंगो लागेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री नियुक्त भइसकेका छन् । उनले सोमबार शपथ लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077