Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सिमलताल बस दुर्घटना : थप चार शव फेला, पहिचान खुल्न बाँकी

काठमाडौं । सिमलताल बस दुर्घटनामा बेपत्ता भएकामध्ये थप चार जनाको शव फेला परेको छ । तर, उनीहरूको पहिचान हुन नसकेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

प्रशासनका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र भरतपुर महानगरपालिका २६ सिसुवामा एउटा शव फेला परेको हो ।

यसअघि पाँचजना मृत अवस्थामा भेटिएका थिए । शुक्रबार बिहान साढे ३ बजे गौर जाँदै गरेको गणपति यातायातको प्रदेश ०३( ००१ ख २४९५ नम्बरको बसमा टिकट काटेका र चलानमा उल्लेख भएका २७ जना र आफन्त सम्पर्कमा आएर जानकारी गराएको ११ जना गरी ३८ जना थिए।

वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ख १५१६ नम्बरको एन्जल डिलक्सको बसमा चलानबमोजिम २३ यात्रु र आफन्तले जानकारी गराएबमोजिम थप चार जना गरी २७ यात्रु रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ। दुई बसमा गरी ६५ जनामध्ये तीन जना हामफालेर बाँचेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077