Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कांग्रेसबाट परराष्ट्रमन्त्री आरजु र गृहमन्त्री रमेश !

    कांग्रेसबाट परराष्ट्रमन्त्री आरजु र गृहमन्त्री रमेश !

    अनलाइन नेपाल
  • आइतबार, ३० असार २०८१
  • 1.6K
    SHARES

    काठमाडौं । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले दुईजना मन्त्री टुंग्याएको छ ।

    स्रोतका अनुसार गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय भएको हो ।



    अन्य मन्त्रीको टुंगो सोमबार बिहान ८ बजे लगाउने तयारी छ। पार्टीले बनाएको मापदण्डअनुसार समावेशी, योग्यता र क्षमताका अधारमा मन्त्री पठाउने भएकोले एक पटक छलफल गरेर मात्रै पठाउने तयारी गरेको हो।



    नेकपा एमाले र नेपाली कांग्रेसले मन्त्रालय बाँडफाँट टुंग्याए पनि मन्त्री छनौट भने गर्न बाँकी छ ।

    कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार