Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • कांग्रेस र एमालेबीच टुंगियो मन्त्रालयको भागबण्डा

    कांग्रेस र एमालेबीच टुंगियो मन्त्रालयको भागबण्डा

    अनलाइन नेपाल
  • आइतबार, ३० असार २०८१
  • 759
    SHARES

    काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भएको कुराकानीमा मन्त्रालय भागबन्डा टुङ्ग्याइएको हो ।



    एमालेको भागमा प्रधानमन्त्रीसहित अर्थ, रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय परेका छन् ।



    प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतका अनुसार एमालेले ८ वटा मन्त्रालय पाएको हो । मन्त्रालय टुंगिए पनि एमालेबाट सरकारमा जाने मन्त्रीहरू सबैको नाम भने अझै तय भइसकेको छैन ।

    त्यस्तै, नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकासलगायतका मन्त्रालय लिनेछ ।

    मन्त्रालय भागबण्डा टुंगिएको तर व्यक्तिहरु टुंगिनसकेको दुबै दलका नेताहरुले बताएका छन् ।

    सोमबार बिहानसम्म मन्त्रीहरुको पनि नाम टुंगो लगाउने दुई दलको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार