Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सिमलताल पहिरो : नारायणी नदीमा भेटियो थप एक पुरुषको शव

    सिमलताल पहिरो : नारायणी नदीमा भेटियो थप एक पुरुषको शव

    अनलाइन नेपाल
  • आइतबार, ३० असार २०८१
  • 360
    SHARES

    चितवन । पूर्वी नवलपरासीको गैंडाकोटस्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ।

    सिमलताल पहिरोमा परेका बसका यात्रुको शव हुन सक्ने आशंका गरिएको छ ।



    शनिबार पनि सोही ठाँउ नजिकै दुईवटा शव भेटिएका थिए । अहिलेसम्म नारायणी नदीले बगाएका ५ वटा शव फेला परेका छन्।



    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुरुषको शव खोलाबाट निकालेर भरतपुर ल्याउने तयारी गरिएको छ ।

    आज बिहानमात्रै एक जनाको शव फेला परेको थियो । शनिबार तीनको शव फेला परेको थियो ।

    उनीहरूको सनाखतसमेत भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार