Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रकाशमानको नेतृत्वमा सरकारमा जाँदै कांग्रेस, आरजु मन्त्री बन्ने

काठमाडौं । नेपाली कांग्रेसले प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ ।

स्रोतका अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने नयाँ सरकारमा कांग्रेसका तर्फबाट प्रकाशमानले नेतृत्व गर्ने तयारी भएको हो ।

नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धन तोडेर कांग्रेस–एमाले गठबन्धन बनेसँगै कांग्रेस र एमाले मन्त्री छान्न व्यस्त छन् ।

कांग्रेसले प्रकाशमानलाई उपप्रधानमन्त्री बनाउँदा रमेश लेखकलाई गृह र आरजु राणा देउवालाई परराष्ट्र मन्त्रालयमा पठाउने तयारी गरेको स्रोतले बतायो । नेपाली कांग्रेसले पाउने मन्त्रालयको अहिलेसम्म टुंगो लागेको छैन ।

पुष्पकमल दाहाल प्रचण्डको सरकार ढलेसँगै राष्ट्पति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसारको सरकारका लागि तीन दिन म्याद तोकेर आह्वान गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले दाबी प्रस्तुत गरेका छन् । उनी आज प्रधानमन्त्रीमा नियुक्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077