Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जापान जाने तयारीमा रहेकी सृष्टि त्रिशूलीमा हराइन्

बारा । बाराको कलैया उपमहानगरपालिका–१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूलीमा खसेका बससँगै बेपत्ता छिन्।

रेडियोग्राफीको तालिमपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरका रूपमा कार्यरत उनी परिवारको सहारा थिइन्। जागीरे भए पनि उनी सन्तुष्ट थिइनन्, त्यसैले थप कमाइका लागि विदेश जान भनेर उनी परीक्षाका लागि काठमाडौँ जाँदै थिइन्।

तर काठमाडौँ नपुग्दै उनी त्रिशूलीमै बेपत्ता भइन्। योसँगै उनको परिवारको सपनासमेत त्यही अस्ताएको छ।
सृष्टिका बुबा जगदीशप्रसाद यादवले जापान जान परीक्षा दिन काठमाडौँ गएकी छोरी शुक्रबार बससँगै त्रिशूलीमा बेपत्ता भएको बताए।

दुई दिनदेखि दुर्घटनास्थलमा रहेका उनी भन्छन्, ‘छोरी काठमाडौँ गएको १० बजे राति कुरा गरेर बुबा म काठमाडौँ जाँदैछु, परीक्षा दिएर भाइसँग भेट गरेर फर्किन्छु, त्यहाँ पुगेपछि म हजुरसँग कुरा गर्छु भन्थि। तर त्यअघि नै त्रिशूलीमा अस्ताइन्।’

छोरीको शवको पर्खाइमा जगदीश रातदिन त्रिशूली नदीको किरानामा भौतारिरहेका छन्। ‘छोरीको सपना पूरा भएन, उसँगै हाम्रो सपना पनि त्रिशूलीले बगायो तर अब अन्तिम इच्छा छ छोरीको शव भेटाएर आफ्नो संस्कार अनुसार दाहसंस्कार गर्न पाइयोस्’ , उनले भने। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077