Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • नारायणी नदीमा भेटिएको शव बेपत्ता गणपति डिलक्सका यात्रुको भएको पुष्टि

    नारायणी नदीमा भेटिएको शव बेपत्ता गणपति डिलक्सका यात्रुको भएको पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, २९ असार २०८१
  • 807
    SHARES

    चितवन । चितवनको भरतपुर महानगरपालिका–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उक्त शव बेपत्ता गणपति डिलक्सका यात्रुको रहेको पुष्टि भएको हो । नदी किनारमा घोप्टो परेको अवस्थामा आज बिहान शव भेटिएको थियो ।



    शवको साथमा केही कागजात पनि भेटिएकाले प्राप्त कागजातको आधारमा शव भारतीय नागरिक ऋषिपल साहको रहेको पुष्टि भएको हो ।



    अहिले शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । साह नेपालमा बसेर काम गर्दै आएका थिए ।

    भारतको मोतिहारी राजमुनुवा घर भएका २८ वर्षीय साह काठमाडौंको जोरपाटीबाट गौर जानका लागि गणपति डिलक्स चढेका थिए ।

    काठमाडौंबाट रौतहटको गौरतर्फ आउँदै गरेको गणपति डिलक्सको बस पहिरोमा परेर त्रिशूली नदीमा खस्दा बेपत्ता भएको थियो ।

    बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खस्दा नन्दन दास, सुरजप्रसाद गुप्ता र जगेश्वर यादव बसबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।

    भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुवाहक बस त्रिशूलीमा खसेको थियो ।

    नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् ।

    शुक्रबारदेखि बेपत्ता बस र यात्रीको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । एन्जल वीरगञ्जबाट काठमाडौंतर्फ र गणपति काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए ।

    बेपत्ता बस तथा यात्रीको आज बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले खोजी गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार