Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सीमलताल बस दुर्घटना : गोलाघाटमा भेटियो एक यात्रुको शव

काठमाडौं । त्रिशूली नदीमा खसेको बसमा रहेका एक यात्रुको शव फेला परेको छ।

शनिबार भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित सिमलताल पहिरोमा बगेको बसका एक यात्रुको शव फेला परेको हो ।

खोजी गर्ने क्रममा पहिरो गएको स्थानबाट अन्दाजी ५० किमि तल गोलाघाटमा भारत विहार सीतामडी जिल्ला बस्ने २८ वर्षीय ऋषिपाल साहको शव भेटिएको प्रहरीले जनाएको छ ।

उनी काठमाडौंको जोरपाटीबाट बस चढेका थिए । खोलाले बगाएर बाहिर फ्याँकेको अवस्थामा उनको शव स्थानीयले भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए । साहको शव भेटिएको र उनको परिवारले सनाखत समेत गरिसकेको चितवन प्रहरीले जनाएको छ।

नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिरोमा परेर वीरगन्जबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल यातायातको बस र काठमाडौंबाट रौतटहटको सदरमुकाम जाँदै गरेको ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीले बगाएको थियो ।

दुवै बसमा कति यात्रु सवार थिए र तिनीहरू कहाँका थिए भन्ने पूरै विवरण समेत सार्वजनिक हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077