Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यी हुन वीरगन्जबाट काठमाडौं आउँदै गरेका एन्जल डिलक्सका २४ यात्रु [नामसहित]

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पुरिएको एन्जल डिलक्सको बसमा चालक र सहचालकसहित २४ जना रहेको खुलेको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका थिए।

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेको प्रहरीले जनाएको छ ।

एन्जल डिलक्समा २४ जना यात्रु सवार रहेको खुलेको छ । प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको सङ्ख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ ।

हराएका दुवै बस खोज्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ । सो बसमा बीच बाटोमा यात्रु चढेका थिए वा थिएनन् भन्ने एकीन भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077