Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सिमलताल बस दुर्घटना

    यी हुन वीरगन्जबाट काठमाडौं आउँदै गरेका एन्जल डिलक्सका २४ यात्रु [नामसहित]

    यी हुन वीरगन्जबाट काठमाडौं आउँदै गरेका एन्जल डिलक्सका २४ यात्रु [नामसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, २८ असार २०८१
  • 786
    SHARES

    चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पुरिएको एन्जल डिलक्सको बसमा चालक र सहचालकसहित २४ जना रहेको खुलेको छ ।

    चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका थिए।



    नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेको प्रहरीले जनाएको छ ।



    एन्जल डिलक्समा २४ जना यात्रु सवार रहेको खुलेको छ । प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको सङ्ख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ ।

    हराएका दुवै बस खोज्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ । सो बसमा बीच बाटोमा यात्रु चढेका थिए वा थिएनन् भन्ने एकीन भइसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार