काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुईवटा बस त्रिशूली नदीमा खसेर करिब पाँच दर्जन यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन्।
सभापति देउवाले देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुवानमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले बाढीपहिरोको जोखिम थप बढ्न सक्ने अवस्था दृष्टिगत गरेर तीनै तहका सरकारलाई समन्वय र व्यवस्थित योजनाकासाथ काम गर्न आग्रह गरेका छन् ।
Leave a Reply