Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • बाराको पसाहा पुल नजिकै बस दुर्घटना हुँदा १३ जना घाइते

    बाराको पसाहा पुल नजिकै बस दुर्घटना हुँदा १३ जना घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २७ असार २०८१
  • 474
    SHARES

    बारा । बाराको जीतपुरस्थित पसाहा पुल नजिकै यात्रुवाहक बस दुर्घटना भएको छ ।

    मलंगवाबाट वीरगन्ज जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको हो।



    बिहीबार भएको दुर्घटनामा १३ जना घाइते भएका छन् ।​ बसमा ३१ जना सवार थिए ।



    घाइते १३ जनाको सशस्त्र प्रहरी बलको रिजर्भ गण बाराबाट खटिएको सुरक्षा फौज उद्धार गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय बाराका अनुसार दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

    गम्भीर घाइते दुई जनालाई सशस्त्र प्रहरीको गाडीमा राखेर सिमरा अस्पताल पुर्‍याइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार