Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सरकार गठनका लागि मार्ग प्रशस्त गर्न मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसको आग्रह

    सरकार गठनका लागि मार्ग प्रशस्त गर्न मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसको आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, २७ असार २०८१
  • 495
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नयाँ सरकार गठनका लागि सहज रूपमा मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।

    एक विज्ञप्ति जारी गर्दै कांग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई महत्त्वपूर्ण निर्णय नगर्न र नयाँ समीकरणको सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको हो ।



    कांग्रेस संसदीय दलको नेता बहादुर सिंह लामाद्वारा जारी उक्त विज्ञप्ति अनुसार वर्तमान सरकारबाट साझेदार दल नेकपा एमाले बाहिरिएर समर्थन समेत फित्ता लिएकाले कामचलाउको हैसियतमा पुगेको छ ।



    सो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    उक्त विषयमा कांग्रेसको गम्भीर ध्यानाकर्षण समेत भएको र मुख्यमन्त्रीले राजनीतिकलाई सहज र सहमतीय सरकार गठन गर्न तत्काल मार्ग प्रशस्त गर्ने विज्ञप्ति मार्फत उनले आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार