Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • रूसी राष्ट्रपति पुटिनलाई युद्ध अन्त्य गर्न भारतको आग्रह

    रूसी राष्ट्रपति पुटिनलाई युद्ध अन्त्य गर्न भारतको आग्रह

    अनलाइन नेपाल
  • बुधबार, २६ असार २०८१
  • 438
    SHARES

    एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न आग्रह गरेका छन् ।

    युक्रेन द्वन्द्वको समाधान युद्धभूमिमा नभई वार्तामा निहित रहेको भन्दै मोदीले पुटिनलाई युद्ध अन्त्य गर्न आग्रह गरेका हुन् ।



    रूससँगको भारतको सम्बन्धले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा द्वन्द्व अन्त्य गर्न आग्रह गर्ने क्षमता दिएको ह्वाइट हाउसले जनाएको छ ।



    ह्वाइट हाउसले भारतलाई अमेरिकाको ‘रणनीतिक साझेदार’ बताउदै मोदीले युक्रेनमा स्थायी शान्ति कायम गर्ने प्रयासलाई भारतसहित सबै राष्ट्रले समर्थन गर्नु महत्वपूर्ण रहेको बताए ।

    रूससँगको भारतको लामो समयदेखि रहँदै आएको सम्बन्धले राष्ट्रपति पुटिनलाई युक्रेनमा युद्धको अन्त्य गर्न आग्रह गर्ने क्षमता दिएको छ।

    सन् २०२२ मा मस्को र किएभबीच युद्ध सुरु भएपछि प्रधानमन्त्री मोदीको यो पहिलो रूस भ्रमण हो । भारतले युक्रेन र रूसबिचको द्वन्द्व समाधानका लागि सधैँ ‘शान्ति र कूटनीति’ को वकालत गरेको छ ।

    यसअघि मङ्गलबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणप्रति निराशा व्यक्त गर्दै यसलाई ‘शान्ति प्रयासमा विनाशकारी प्रहार’ भनेका थिए ।

    प्रधानमन्त्री मोदी जुलाई ८ देखि ९ मा रूसको दुई दिने आधिकारिक भ्रमणमा रहेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार