Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकै दिन ३३ अर्ब ६१ करोड भुक्तानी

ठमाडौं । असारमा निर्माण कार्य गरी हतारहतारमा भुक्तानी गर्ने प्रवृत्तिलाई यसपटक पनि दोहो¥याउँदै सरकारले सोमबार एकै दिन ३३ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ भुक्तानी दिएको छ ।

सोमबार राति १२ बजेपछि भुक्तानी दिन कानुनले बन्देज लगाएका कारण विभिन्न सरकारी कार्यालय, विभाग तथा मन्त्रालयहरूले काटेको चेक तथा भुक्तानी एकै दिन दिइएको हो । सोमबार एकै दिन भुक्तानी दिएकामध्ये सबैभन्दा बढी पुँजीगत खर्चका भुक्तानी रहेका छन् ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार विकास खर्च शीर्षकमा सोमबार १४ अर्ब ४० करोड १३ लाख रुपैयाँ भुक्तानी दिइएको हो । यति रकम भुक्तानी दिँदा पनि निर्माण व्यवसायीको बक्यौता भने अझै पनि ६० अर्ब रुपैयाँको हाराहारीमा रहेको छ ।

आइतबार पनि एकै दिन २४ अर्ब रुपैयाँ भुक्तानी दिइएको थियो । सोमबारसम्ममा चालू आवमा विनियोजित बजेटको ७७ दशमलव ४४ प्रतिशत रकम खर्च भएको देखिएको छ ।

यसैगरी, सोमबार चालू खर्च शीर्षकबाट ९ अर्ब ८५ करोड २२ लाख रुपैयाँ भुक्तानी दिइएको छ । यस्तै, वित्तीय हस्तान्तरण शीर्षकमा ९ अर्ब ३५ करोड ९८ लाख रुपैयाँ भुक्तानी दिइएको छ ।

कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँबराबरको अनुमानित खर्च बजेट ल्याएको सरकारले सोमबारसम्ममा चालूतर्फ ९ खर्ब ३३ अर्ब ८५ करोड ५४ लाख रुपैयाँ खर्च गरेको छ । यो रकम कुल विनियोजित बजेटको ८१ दशमलव ७९ प्रतिशत हो ।

यसैगरी, सरकारले पुँजीगत अर्थात् विकास खर्चतर्फ जम्मा १ खर्ब ७२ अर्ब ९ करोड २२ लाख रुपैयाँ खर्च गरेको छ । यो रकम कुल विनियोजित बजेटको ५६ दशमलव ९७ प्रतिशत हुन आउँछ ।

सोमबारसम्ममा राजस्व तथा गैरराजस्व गरी सरकारले १० खर्ब १५ अर्ब ८२ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ । यो कुल संशोधित लक्ष्य १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँको ६८ दशमलव ९९ प्रतिशत हो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077