Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नक्कली लाइसेन्स प्रकरणमा यातायातका तत्कालीन प्रमुखसहित १५ जनाविरूद्ध मुद्दा

काठमाडौं । नक्कली लाइसेन्स विवतरण गरेको आरोपमा यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा १५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली लाइसेन्स विवतरण प्रकरणको अनुसन्धान गरिरहेको थियो।

सीआईबीले अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बुटवल कार्यालय प्रमुख उपसचिव केशव अर्याल, तत्कालीन कम्प्युटर अपरेटरहरु लक्ष्मण पाण्डे, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे र पदमराज आचार्य, सहायक पाँचौं सुवास पौडेलविरुद्ध अभियोग दर्ता भएको छ ।

त्यस्तै यातायात व्यवस्था कार्यालय कावासोती नवलपरासीका तत्कालीन कम्प्युटर अधिकृत रामकृष्ण श्रेष्ठ, यातायात व्यवस्था कार्यालय कास्कीका कम्प्युटर अपरेटर विनोद भण्डारी, यातायात व्यवस्था कार्यालय चितवनका सहायक चौथो राजेश लम्साल, यातायात व्यवस्था कार्यालय झापाका कम्प्युटर अपरेटर विवेक भण्डारी र यातायात व्यवस्था कार्यालय धनुषाका कम्प्युटर अपरेटर दिलीपकुमार शाहविरुद्ध अभियोग दायर भएको छ ।

ढड्डामार्फत वितरण हुँदै आएको सवारी चालक अनुमतिपत्रको रेकर्ड इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा सार्ने क्रममा अर्कै विवरण राखेर उनीहरुले नक्कली लाइसेन्स वितरण गरेको दाबी गरिएको छ ।

त्यसबापत सरकारी कर्मचारीसमेतको मिलेमतोमा मोटो रकम लिइएको अनुसन्धानबाट खुलेको छ ।

सीआईबीले नक्कली लाइसेन्स दिलाउन भन्दै रकम बुझाएका व्यक्तिहरूसँग पनि कागज गरेको छ।

कतिपय व्यक्तिहरूले लाइसेन्स निकालिदिने भन्दै एक लाख रुपैयाँसम्म बुझाएको खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077