Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • विद्युत् खरिद-बिक्रीको सम्झौता गर्न बंगलादेशले पठायो प्राधिकरणलाई पत्र

    विद्युत् खरिद-बिक्रीको सम्झौता गर्न बंगलादेशले पठायो प्राधिकरणलाई पत्र

    अनलाइन नेपाल
  • मंगलबार, २५ असार २०८१
  • 273
    SHARES

    काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बीपीडीबी)ले विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ ।

    बीपीडीबीले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न प्राधिकरणलाई पत्राचार गरेको हो।



    वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि पेस गरेको बोलपत्र स्वीकृत भएको जानकारी गराउँदै बीपीडीबीले विद्युत बिक्री सम्झौताका लागि पत्राचार गरेको प्राधिकरणले जनाएको छ ।



    बीपीडीबीले १६ पुस २०८०मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेगरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको थियो ।

    प्राधिकरणले विद्युत बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो ।

    पेश गरिएका बोलपत्रसम्बन्धी कागजात मूल्याङ्कन गरी त्यसलाई सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी दिँदै बीपीडीबीले बोलपत्र स्वीकार गर्ने आशयको सूचना प्राधिकरणलाई दिएको हो ।

    प्राधिकरणले ७ कार्य दिनभित्र बोलपत्र स्वीकार गरेको लिखित सूचना बीपीडीबीलाई दिनुपर्नेछ । त्यसपछि बिपिडिबीले विद्युत् बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई उपलब्ध गराउने छ ।

    मस्यौदा प्राप्त भएको २८ दिनभित्र सम्झौता गर्नु र्नेछ । प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम(एनभीभीएन), भारत र बीपीडीबीबीच त्रिपक्षीय सम्झौता हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार