Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २४ असार २०८१
  • 465
    SHARES

    फाइल तस्विर

    काठमाडौं । विभिन्न दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार महोत्तरीको सम्सी गाउँपालिका-४ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने धिरेन्द्र यादवकी छोरी ४ वर्षीया काजल यादवको सोमबार बिहान मृत्यु भएको छ ।



     ठक्करबाट गम्भीर घाइते भएकी उनको जनक नन्दनी अस्पताल सम्सी हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।



    सर्लाहीको कौडेना गाउँपालिका-२ स्थित सडकमा पनि बीआर ०६ एभी ३१६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-२ फुलपरासी बस्ने ७० वर्षीया दुखिया देवीको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

    यसैगरी रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बाईपास स्थित सडकमा भैरहवाबाट बेलहियातर्फ जाँदै गरेको पिबि १० जेडि ९३१५ नम्बरको ट्याङ्करले लु.१७ प ६७२३ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सियारी गाउँपालिका-१ कोटिमाई बस्ने ६५ वर्षीय प्रेम बहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार