Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साताको दोस्रो कारोबार दिन ४ अंकले घट्यो नेप्से, ४ अर्ब ५६ करोडको सेयर किनबेच

काठमाडौं । आज सेयर बजारमा कारोबारसँगै नेप्से परिसूचक पनि घटेको छ ।

आइतबारको तुलनामा आज नेप्से र कारोबार रकम दुवै घटेको हो। नेप्से ४.६२ अंकले घटेको छ भने कारोबार रकम ४ अर्बमा झरेको छ।

अघिल्लो दिन नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा पुगेको थियो। सो दिन ६ अर्ब २९ लाख ३१ हजार मूल्य बराबरको सेयर कारोबार भएको थियो।

सेन्सेटिभ इण्डेक्स ०.२० अंकले घटेर ३७७.४५ विन्दुमा अडिएको छ।

यसदिन ३२४ स्क्रिप्सको १ करोड ४ लाख ७५ हजार १८१ कित्ता सेयर ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १०६ रुपैयाँमा खरिदबिक्री भए।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

कारोबारमा आएका ९५ स्टकको मूल्य बढ्दा १४१ वटाको घट्यो भने १० वटाको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077