Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • महिला कानून व्यवसायीले प्रहरी जवानलाई थप्पड हानेको आरोप, प्रहरीमा जाहेरी

    महिला कानून व्यवसायीले प्रहरी जवानलाई थप्पड हानेको आरोप, प्रहरीमा जाहेरी

    अनलाइन नेपाल
  • आइतबार, २३ असार २०८१
  • 5.2K
    SHARES

    काठमाडौं । काठमाडौं जिल्ला अदालतमा सुरक्षार्थ खटिएका प्रहरी जवानले एक महिला कानून व्यवसायीलाई कारबाही गर्न माग गरेका छन् ।

    आफूलाई कुटपिट गरेको आरोप लगाउँदै प्रहरी जवान जीवन छिनालले कानून व्यवसायी लक्ष्मी थापालाई कारबाहीको माग गर्दै आइतवार सिंहदरबारस्थित प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् ।



    असार २३ गते आइतवार १ बजेर २० मिनेटको समयमा काठमाडौं जिल्ला अदालतको गेट नम्बर ३ मा सुरक्षा दिइरहेको बेलामा कानून व्यवसायी थापाले आफूलाई गालीगलौजसँगै हातपातसमेत गरेको प्रहरी जवान छिनालको आरोप छ ।



    आफ्ना क्लाइन्ट लिएर अदालतमा प्रवेश गर्न लागेकी थापालाई आफूले रोकेको त्यसैलाई लिएर गालामा चड्कन हानेको छिनालले आरोप लगाएका छन् । ‘यहाँबाट जान मिल्दैन, हामीलाई यहाँबाट पब्लिक नछिराउनु भन्ने आदेश छ भनेपछि मलाई उनले एक्कासी थप्पड हानिन्,’ छिनालको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार