Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • मधेश सरकारमा सहभागी हुने कांग्रेसका चार मन्त्रीको नाम तय

    मधेश सरकारमा सहभागी हुने कांग्रेसका चार मन्त्रीको नाम तय

    अनलाइन नेपाल
  • आइतबार, २३ असार २०८१
  • 417
    SHARES

    जनकपुरधाम । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारमा जानका लागि चार जनाको नाम टुंगो लगाएको छ।

    कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको बैठकले सरकारमा पठाउन चार जनाको नाम टुंग्याएको हो ।



    कांग्रेस स्रोतका अनुसार रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र कौशल किशोर रायलाई सरकारमा पठाउने टुंगो लगाएको छ।



    केन्द्रमा कांग्रेस र एमालेको समीकरण बनेपछि मधेशमा जनमत सरकारलाई निरन्तरता दिने सहमत भएको थियो।

    कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री सिंहले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ६ मन्त्रीलाई शनिबार बर्खास्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार