Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मधेश सरकारमा सहभागी हुने कांग्रेसका चार मन्त्रीको नाम तय

जनकपुरधाम । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारमा जानका लागि चार जनाको नाम टुंगो लगाएको छ।

कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको बैठकले सरकारमा पठाउन चार जनाको नाम टुंग्याएको हो ।

कांग्रेस स्रोतका अनुसार रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र कौशल किशोर रायलाई सरकारमा पठाउने टुंगो लगाएको छ।

केन्द्रमा कांग्रेस र एमालेको समीकरण बनेपछि मधेशमा जनमत सरकारलाई निरन्तरता दिने सहमत भएको थियो।

कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री सिंहले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ६ मन्त्रीलाई शनिबार बर्खास्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077