काठमाडौं । नेकपा एमाले आइतबारदेखि संसद्मा प्रतिपक्षी बेन्चमा बसेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको एमाले आजदेखि प्रतिपक्षी बेन्चमा बसेको हो ।
यस्तै, प्रचण्ड नेतृत्वको सकारलाई दिएको समर्थन फिर्ता गरेको जसपा नेपाल पनि प्रतिपक्षी बेन्चमा बसेको छ । एमालेले असार १९ गते सरकारलाई दिएको समर्थन फिर्ता गरेको थियो ।
त्यसको जानकारी असार २१ गते संसद् सचिवालयलाई गराइएको थियो। कांग्रेस र एमालेबीच नयाँ सरकार गठनको सहमति भएसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरेको थियो ।
अल्पमतमा परेका प्रचण्डले असार २८ गते संसद्मा विश्वासको मत माग्ने तयारी गरेका छन् ।यसअघि बसेको एमाले बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो ।